प्रदेश सरकार
सुदुरपश्चिम प्रदेश
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय

दार्चुला

वनक्षेत्रको संक्षिप्त जानकारी

यो जिल्ला प्राकृतिक वन सम्पदाले धनी र जैविक विविधताले भरिपूर्ण रहेको छ । विगतमा यो जिल्लाको वनको अवस्था राम्रो भए तापनि घना जगंल भएको ठाउँठाउँमा मानिसहरुको बढी चापले वन विनास भएको छ । विशेष गरि उत्तरी भेगका वनमा मानिसको पहुँच कम भएकोले त्यहाको वनको स्थिति राम्रो छ भने सदरमुकामको वरिपरिको वनजगंल निकै कम रहेको छ । २०४० सालभन्दा अगाडी यस जिल्लामा जिल्ला वन कार्यालय नरहेको र महाकाली वन डिभिजन कार्यालयले बैतडीवाट २ रेन्जर मार्फत रेखदेख गर्ने गर्दथ्यो । आ.व. २०४२/०४३ मा यस जिल्लामा जग्गा नापीको कार्य थालनी भयो जसले गर्दा वन बढी अतिक्रमण हुन पुगेको छ । यस जिल्लामा काठ, दाउरा, घाँस वाहेक वनमा चरिचरण र आगलागीले गर्दा वनलाई ठुलो क्षति भएको छ । सल्लाको जगंलबाट दियालो निकाल्ने चलन तथा महाकाली नदीमा पानी कम भएको बेला यदाकदा त्यहाँका काठ भारत तर्फ पनि चोरि निकासी हुने गर्दछ जसले गर्दा वनजगंललाई हानी नोक्सानी पु¥याएको देखिन्छ । २०४० सालमा जिल्ला वन कार्यालयको स्थापना पश्चात् वन जगंलको संरक्षणको कार्यमा क्रमिकरुपमा सुधार हुँदै गई रहेको थियो भने वन ऐन २०४९ तथा वन नियमावलि २०५१ लागु भएपछि स्थानिय स्तरमा उपभोक्ता समुह गठन गरि वनलाई स्थानिय जनसमुदायलाई क्रमिक रुपमा हस्तानतरण गर्ने नीतिले वनजंगलको हैसियत क्रमकिरुपमा बृद्धि भएको छ । यस जिल्लामा विभिन्न प्रकारको हावापानी पाईने भएकोले वनजगंलमा विविधता रहेको पाईएको छ । जनसंख्याको बृद्धिले गर्दा घनाबस्ती भएको ठाउँको विनास हुँदै गईरहेको र सदरमुकाम वरपरका वन पनि क्रमिकरुपले विनास हँुदै गईरहेको छ ।

जिल्लाको वनको विवरण      


सि.नं.

विवरण

जिल्लाभरीको कूल

जि.व.का. अन्तर्गत

अपिनाम्पा संरक्षण क्षेत्र अन्तर्गत

१.

वनको क्षेत्रफल

७२९८२.३० हे.
(३१.३३%)

१८६६१.६० हे
(२५.५७%)

५४३२०.७० हे
(७४.४३%)

२.

सा.व.को क्षेत्रफल जम्मा वनक्षेत्र मध्ये

२१०२४.३५ हे.
(२८.८०%)

६६१६.५५२ हे.
(३५.४६%)

१५४९४.३५ हे.
(२८.५३%)

३.

सरकारद्वारा व्यवस्थित वनको क्षेत्रफल जम्मा वनक्षेत्र मध्ये

५१९५७.९५ हे.
(७१.२०%)

१२०४५.०४८ हे.
(६४.५४%)

३८८२६.३५ हे.
(७१.४७%)

४.

सा.व.उ.स.हरुको संख्या        

२८५

१७१

११४

५.

सा.व.वाट लाभान्वित घरधुरी संख्या

२२५२४

१०६२४

११९००

© २०१९ - सर्वाधिकार सुरक्षित - डिभिजन वन कार्यालय,दार्चुला
Website Maintained by : Ranendra Singh
Back to top